राेल्पा – रोल्पाको थवाङमा हावाहुरीले ढालेको रुखले च्यापिएर दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा थवाङ गाउँपालिका–२ हेलोवाङकी ६० वर्षीया रुजु झाँक्री र ५० वर्षीया मनबुजी झाँक्री रहेका रोल्पाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुनिल थापा नेपालीले जानकारी दिनुभयो ।
इन्स्पेक्टर नेपालीका अनुसार रुजुको घटनास्थलमै र मनबुजीको उपचारका लागि कास्की पोखरातर्फ लैजाने क्रममा ज्यान गएको हो ।
उनीहरू दुवै जना हिजो बेलुकी थवाङ आधारभूत अस्पतालमा बिरामी भेट्न गएका थिए । बिरामी भेटेर घरतर्फ फर्किने क्रममा बेलुकी हावाहुरीसहितको पानी पर्दा बाटोमाथिबाट उत्तिसको रुख ढलेपछि उनीहरूलाई च्यापेको थियो ।







