इरानले राजधानी तेहरानमा एउटा नयाँ होर्डिङ बोर्ड राखेको छ, जसमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको सम्पूर्ण परिवारलाई कफिनमा देखाइएको छ।
कफिनमा अमेरिकी झण्डा टाँसिएको छ भने पृष्ठभूमिमा ह्वाइट हाउसलाई आगोले ढाकेको चित्रण गरिएको छ।
बोर्डमा ट्रम्प, उनका श्रीमती मेलानिया र पाँच सन्तानका तस्बिर पनि राखिएको छ। अनि फारसी भाषामा ‘रगतको बदला रगत’ लेखिएको छ।
सार्वजनिक होर्डिङ बोर्डमार्फत इरानले ट्रम्पलाई धम्की दिएको यो दोस्रोपटक हो।
यसअघि तेहरानको एन्जलाब स्क्वायरमा एउटा बोर्ड राखिएको थियो, जसमा ट्रम्पलाई कफिनमा सुतिरहेको देखाइएको थियो।






