गृहपृष्ठ Featured स्पेसएक्सको रकेट आज चन्द्रमामा ठोकिने सम्भावना, पृथ्वीलाई कति खतरा

स्पेसएक्सको रकेट आज चन्द्रमामा ठोकिने सम्भावना, पृथ्वीलाई कति खतरा

लाखौँ वर्षदेखि चन्द्रमाले अनगिन्ती ठक्कर सामान गरिरहेको छ। क्षुद्रग्रह र उल्कापिण्डहरूले यसको सतहमा प्वालै प्वाल पारेका छन्। कतिपय ठाउँमा त ठुलठुला खाडल बनेका छन्।

हालैका वर्षहरूमा पृथ्वीका अन्तरिक्ष एजेन्सीहरूले पठाएका साना अन्तरिक्षयान र ल्यान्डर पनि चन्द्रमामा ठोकिएका छन्।

यसैबिच वैज्ञानिकहरूले चन्द्रमाले आज (बुधबार) अर्को ठक्करको सामना गर्नुपर्ने सम्भावना व्यक्त गरेका छन्।

उनीहरूका अनुसार यसपटक लगभग २.४३ किलोमिटर प्रतिसेकेन्ड अर्थात् लगभग ५,४०० माइल प्रतिघण्टाको गतिमा अन्तरिक्षमा यात्रा गरिररहेको स्पेसएक्सको रकेटले चन्द्रमामा प्रहार गर्नेछ।

नासाको सेन्टर फर नियर-अर्थ अब्जेक्ट स्टडिजका अनुसार स्पेसएक्सको फाल्कन ९ रकेटको माथिल्लो चरण आज अगस्ट ५ मा चन्द्रमामा ठोकिनेछ।

नासाका प्रवक्ता जिमी रसेलले भनेका छन्, ‘पृथ्वीलाई कुनै खतरा छैन। नासाले प्रशिक्षण उद्देश्यका लागि पठाइएको यो रकेटको निगरानी जारी राख्नेछ र ठक्करपछि बन्ने स्थानको वैज्ञानिक अध्ययन पनि गर्नेछ।’

सम्बन्धित् समाचार