गृहपृष्ठ खबर यी चार प्रदेशमा आज भारीदेखि धेरै भारी वर्षा हुने

यी चार प्रदेशमा आज भारीदेखि धेरै भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको छ।

आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

पछिल्लो चौबीस घन्टामा गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा धेरै भारी वर्षा मापन भएको छ।

गएको चौबीस घन्टामा कास्कीको लुम्लेमा १२५.३ मिलिमिटर, घलेखर्कमा १०६ मिलिमिटर,  गुल्मीको भर्सेमा १२३.६ मिलिमिटर, बागलुङको गलकोटमा ११७.४ मिलिमिटर, पर्वतको श्रीकाङमा १०४.२ मिलिमिटर, स्याङ्जाको डाँडास्वारामा १११ मिलिमिटर, नवरलपुरको देउरालीमा १०९.८ मिलिमिटर, नवलपरासीको परासीमा १०३ मिलिमिटर, गोरखाको रइनसटारमा १०७.६ मिलमिटर, लमजुङको गिलुङमा १०१.६ मिलिमिटर वर्षा मापन भएको छ।

rainfall-24-hrs-1785978383.png
अरू प्रदेशका विभिन्न स्थानमा भारी वर्षा पनि मापन भएको छ।

बिहीबार दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ।

दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू-भागका धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

कर्णाली प्रदेशका पहाडी भू-भाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू-भाग, कोशी प्रदेशका हिमाली र पहाडी भू-भाग, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा दिउँसो भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित् समाचार