गृहपृष्ठ Featured सन् २०२७ विश्वव्यापी रूपमा अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष हुने

सन् २०२७ विश्वव्यापी रूपमा अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष हुने

बेलायतको राष्ट्रिय मौसम कार्यालयले यस वर्षको एलनिनो अहिलेसम्मकै शक्तिशाली हुन सक्ने पूर्वानुमान गरेको छ । प्रशान्त महासागरमा ‘एलनिनो’ विकसित भइरहेको छ ।

यो शक्तिशाली प्राकृतिक मौसमी घटनाले विश्वव्यापी तापक्रम बढाउने र चरम मौसमी अवस्थाको जोखिम सिर्जना हुनसक्ने अनुमान गरिएको बीबीसीकाे जनाएकाे छ । सन् २०२७ विश्वव्यापी रूपमा अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष हुने अत्यधिक सम्भावना रहेको बेलायती मौसम कार्यालयको चेतावनी छ ।

पूर्वी प्रशान्त महासागरको समुद्री सतहको तापक्रम दीर्घकालीन औसतभन्दा कम्तीमा ०.५ डिग्री सेल्सियस माथि पुगेपछि एलनिनो घोषणा गरिन्छ । यसले हावाको बहाव, वायुमण्डलीय चाप र वर्षाको ढाँचामा परिवर्तन ल्याउनुका साथै विश्वको औसत तापक्रम बढाउन सक्छ । यस वर्ष समुद्री तापक्रम ३ डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने मौसम कार्यालयका पूर्वानुमान प्रमुख एडम स्काइफले बताएको खबर छ ।

उहाँले यस्तो तीव्र एल निनोको सङ्केत यसअघि नदेखेको बताउँदै यसलाई ‘अभूतपूर्व घटना’ भन्नुभएको छ । मौसमविद्का अनुसार एलनिनोको प्रभाव छोटो अवधिको मौसममा मात्र सीमित नहुने अनि खाद्य उत्पादन र खाद्य सुरक्षामा समेत असर पर्न सक्ने भएकाले दिर्घकालिन पूर्वतयारी आवश्यक छ ।

सम्बन्धित् समाचार