गृहपृष्ठ Featured प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले आज बहराइनको सामना गर्दै

प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले आज बहराइनको सामना गर्दै

मलेसियामा जारी एसीसी मेन्स प्रिमियर कप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल बहराइनसँग खेल्दैछ । समूह ‘ए’ अन्तर्गतको खेल मलेसियाको बाङ्गीमा रहेको वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुनेछ ।

खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे शुरु हुँदैछ । प्रतियोगितामा नेपालले कप्तान सन्दीप लामिछानेको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछ । रोहित पौडेलको स्थानमा लामिछानेलाई एकदिवसीय टोलीको कप्तानको जिम्मेवारी दिइएको हो ।

नेपालका लागि प्रतियोगिताको पहिलो खेल नै महत्त्वपूर्ण मानिएको छ । समूह चरणमा राम्रो शुरुवात गर्दै सेमिफाइनलको बाटो सहज बनाउने लक्ष्यमा नेपाली टोली छ । नेपालले दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग खेल्नेछ ।

यस्तै तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ । प्रतियोगितामा १० टोली सहभागी छन् र चार टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको उपाधि विजेताले सन् २०२७ मा हुने एसिया कपमा स्थान बनाउने अवसर पाउनेछ ।

नेपाल र बहराइनबीचको खेलसँगै नेपाली टोलीको एसिया कप यात्रा पनि औपचारिक रूपमा शुरु हुनेछ । हिजोदेखि शुरु भएको प्रतियोगितामा ओमान र हङकङले विजयी शुरुवात गरेका छन् । ओमानले सिंगापुरलाई १ सय ३१ रनले हराउँदा हङकङले साउदी अरबलाई १६ रनले हरायो

सम्बन्धित् समाचार