गृहपृष्ठ खबर युभेन्ट्स र मिलानबीच बराबरी

युभेन्ट्स र मिलानबीच बराबरी

काठमाडौँ — फेडरिको गाटीले वेञ्चबाट आउँदै दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरेपछि युभेन्ट्सले इटालीको सिरी ए मा आइतबार एसी मिलानलाई १–१ को बराबरीमा रोकेको छ ।

एलिनाज स्टेडियममा मिलानले ६८ औं मिनेटमा एलफाड्जो सिसेको गोलमो ६८ औं मिनेटमा अग्रता लिएको थियो ।

दुवै टिम तीन चरणको खेल सकिंदा अपराजित छन् र उनीहरूको समान सात अंक भएको छ । एएस रोमा र इन्टर मिलान नौ नौ अंकमा शीर्ष दुई स्थानमा छन् ।

कोमो भने पनि सात अंकमा तेस्रो स्थानमा रहेको छ । त्यसपछि मिलान र युभेन्ट्स रहेका छन् ।

आइतबारका अन्य खेलमा बोलोग्ना र ससुलोले पनि २–२ को बराबरी खेले । यस्तै पार्मा र मोन्जाको खेल पनि १–१ को बराबरीमा समाप्त भयो ।

सम्बन्धित् समाचार