गृहपृष्ठ अन्तरास्ट्रिय खबर इरानको दाबी: हर्मुजमा अमेरिकाको सबैभन्दा आधुनिक पनडुब्बी कब्जा गर्‍यौँ

इरानको दाबी: हर्मुजमा अमेरिकाको सबैभन्दा आधुनिक पनडुब्बी कब्जा गर्‍यौँ

इरानले अमेरिकाको एक अत्याधुनिक पनडुब्बी नियन्त्रणमा लिइएको दाबी गरेको छ।

यो दाबी इरानको रिभोलुसनरी गार्ड्सनिकट समाचार एजेन्सी फार्स न्युजले गरेको हो।

फार्सका अनुसार यो पनडुब्बी अमेरिकी सेनाको सबैभन्दा आधुनिक र ‘इन्टेलिजेन्ट अनम्यान्ड पनडुब्बी’मध्ये एक हो।

एजेन्सीको दाबी छ, ‘यसलाई हर्मुज जलमार्गको प्रवेशद्वार नजिकैबाट नियन्त्रणमा लिइएको हो।’

फार्सले पनडुब्बी कहिले र कसरी नियन्त्रणमा लिइयो भन्ने विषयमा विस्तृत विवरण भने दिएको छैन।

साथै यस विषयमा अमेरिकाबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

इरान र अमेरिकाबिच फेरि द्वन्द्व बढिरहेका बेला यो समाचार आएको हो।

केही दिनअघि मात्र इरानले आफ्नो सैन्य रणनीति परिवर्तन गर्ने बताएको थियो।

सम्बन्धित् समाचार