काठमाडौँ — लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार न्युकासल युनाइटेडलाई ४–१ ले हराएको छ र अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । लिड्सको चार खेलबाट आठ अंक भएको छ ।
लिड्स अहिलेसम्म अपराजित रहेको छ र लिगमा बलियो सुरुआत लिन पनि सफल रहेको छ । उसको अगाडि आर्सनल र म्यानचेस्टर सिटी मात्र रहेका छन् ।
नयाँ सिजनमा न्युकासलको यो पहिलो हार हो र टिम पाँच अंकमा १२ औं स्थानमा छ । एलान रोडमा भएको खेलमा लेविस मिलेको आत्मघाती गोलमा लिड्सले अग्रता लिएको थियो ।
त्यसपछि जेयडेन बोग्ले, डोमिनिक क्लाभर्ट लेविन र नोह ओकफरले एक एक गोल गरे । खेलको अन्त्यतिर बाजोमन टुरेले न्युकासलका लागि एक गोल फर्काए ।







