गृहपृष्ठ Featured गोरखाको बूढी गण्डकीमा आकस्मिक रूपमा भिषण बाढी, धेरै संरचनामा क्षति

गोरखाको बूढी गण्डकीमा आकस्मिक रूपमा भिषण बाढी, धेरै संरचनामा क्षति

गोर्खाको बूढी गण्डकी नदीमा आकस्मिक रुपमा ठूलो बाढी आएको छ। बाढीले नदी आसपाका धेरै भौतिक संरचनामा क्षति गरेको छ।

चुमनुम्ब्री गाउँपालिका-६ मा आज बिहान आकस्मिक रुपमा आएको बाढी निकै ठूलो भएको स्थानीयले बताएका छन्। बाढीले सिर्दिवासस्थित जगत क्षेत्रमा घरहरु बगाएको छ।

चुमनुब्री गाउँपालिका–६ मा उग्युलुङ खोला थुनिएर अचानक बाढी आएको बताइएको छ। उग्युलुङ र स्यार खोलामा ठूलो आवाज सुनिएपछि स्थानीय बासिन्दा र पर्यटक सुरक्षित स्थानतर्फ भागेका छन्।

गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्र कुमार मिश्रले आइतबार बिहान चार बजेर ३५ मिनेटमा ठूलो बाढी आएको जानकारी दिएका छन्।

चुमनुम्ब्री गाउँपालिका ६ मा पहिरोले थुनिएको खोला एकैपटक बग्दा ठूलो बाढी आएको चुमनुम्ब्री गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिएका छन्।

बाढीले तल्लो तटीय क्षेत्रमा पर्ने सल्लेरी र जगत बजार क्षेत्रमा जोखिम रहेको भन्दै स्थानीय प्रशासनले सावधानी अपनाउन आग्रह गरेको छ।

सम्बन्धित् समाचार