दाङ — मोटरसाइकलको ठक्करबाट बुधबार लमहीमा एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका-५ का ७० वर्षीय सोर बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु.प्र.०२-००२ प ४५४२ नम्बरको मोटरसाइकलले मंगलबार राती बाटो काट्ने क्रममा बुढा मगरलाई लमहीमा ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बुढा मगरको लमही अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक लमही नगरपालिका-५ रातोडाँडा निवासी सागर बुढा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।







