आज विश्व मधुमेह दिवस,…मधुमेह नियन्त्रणका लागि समयमै पहिचान र प्रारम्भिक कदमÚgf/fsf ;fy नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा पहुँच बढाउने उद्देश्यले हरेक वर्ष नोभेम्बर १४ मा विश्वभर यो दिवस मनाइन्छ ।
पछिल्लो एक दशकमा उच्च आय भएका देशको तुलनामा न्यून तथा मध्यम आय भएका देशमा मधुमेहको प्रकोप तीव्र गतिमा बढेको छ । यसका प्रमुख कारणमध्ये बढी तौल र मोटोपना पनि रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ ।
अन्धोपना, मिर्गौलाले काम नगर्ने, हृदयाघात, पक्षाघातजस्ता अवस्थाको प्रमुख कारणमध्ये मधुमेह एक हो । स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम गर्ने तथा सुर्तीजन्य पदार्थ सेवन नगरेमा टाइप–२ मधुमेह हुनबाट बच्न वा यसको जोखिम कम गर्न सकिने मधुमेह राेग विशेषज्ञ प्रा डा बुद्धि प्रसाद पाैड्यालले बताउनुभएकाे छ ।
मधुमेहको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण, औषधोपचार तथा रोगका जटिलताको उचित उपचारबाट यसका गम्भीर असर रोक्न वा न्यूनीकरण गर्न सकिन्छ । मधुमेह हुनबाट बच्न स्वस्थ्य जीवनशैली अपनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
टाइप–१ मधुमेह छिटो विकसित हुन सक्ने भए पनि टाइप–२ मधुमेह विस्तारै विकसित हुने र शुरुमा स्पष्ट लक्षण नदेखिन पनि सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक मानिन्छ ।
३५ वर्ष उमेर पुगेपछि नियमित रूपमा मधुमेहको परीक्षण गराउनु राम्रो हुने उहाँको सुझाव छ ।







