गृहपृष्ठ Featured सुनको भाउ आज पनि घट्यो : तिहारयता १५ हजार २ सय रुपैयाँ गिरावट

सुनको भाउ आज पनि घट्यो : तिहारयता १५ हजार २ सय रुपैयाँ गिरावट

काठमाण्डौ – सुनचाँदीको भाउ आज पनि घटेको छ । शुक्रबार देखि ओरालो लागेको सुनको भाउ आज तोलामा १ हजार १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ६९ हजार सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ हिजो तोलामा १ हजार ५०० र गएको शुक्रबार तोलामा १२ हजार ६०० रुपैयाँले घटेको थियो ।  तीन कारोवार दिनमा सुनको भाउ १५ हजार २०० रुपैयाँले ओरालो लागेको हो ।

यस्तै आज चाँदीको भाउ ८० रुपैयाँले घटेर ३ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १०० रुपैयाँले घटेर ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित् समाचार