गृहपृष्ठ Featured आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढ्यो

आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढ्यो

काठमाण्डौ – कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनचाँदीको भाउ बढेको छ ।

आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको हो । भाउ बढेर सुन आज तोलाको २ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रवार सुनको भाउ तोलामा ३ हजार ३०० रुपैयाँले बढेर तोलाको २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज सुनसँगै चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर तोलाको ३ हजार २१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अस्ति शुक्रवार चाँदी तोलामा ५० रुपैयाँले बढेर तोलाको ३ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज  चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेर ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ हिजो तोलाको ३ हजार ४० रुपैयाँ थियो । यसअघि लगातार १० दिनसम्म घटेको सुनको भाउमा फेरि उतारचढाव देखिन थालेको हो ।

सम्बन्धित् समाचार