गृहपृष्ठ Featured अचानक राहुल गान्धी धान रोप्न खेतमा पुगेपछि…

अचानक राहुल गान्धी धान रोप्न खेतमा पुगेपछि…

भारतीय कांग्रेस नेता राहुल गान्धीले किसानसँगै धान रोपेका छन्। शनिबार बिहान सिम्लाका लागि हिँडेका उनी हरियाणाको सोनिपत गाउँमा किसान खेतबारीमा काम गर्दै देखेपछि उनीहरूसँगै धान रोप्न सरिक भएका हुन्।

नेता गान्धी अचानक खेतमा देखिएपछि किसानहरू आश्चर्यमा परेका थिए।  भारतीय सञ्चारमाध्यमका अनुसार गान्धीले उनले ट्याक्टर पनि चलाएका थिए।

यस क्रममा उनले किसान र खेतबारी मजदुरसँग कृषिबारे छलफल पनि गरेको बताइएको छ।

गान्धीले किसानसँग बसेर खाजा पनि खाएका थिए। करिब दुई घण्टा किसानसँग समय बिताएपछि गान्धी सिम्ला प्रस्थान गरेका थिए।

सम्बन्धित् समाचार