गृहपृष्ठ Featured कपिलवस्तुमा सर्पले टोकेर एक महिलाको मृत्यु

कपिलवस्तुमा सर्पले टोकेर एक महिलाको मृत्यु

सर्पले डस्दा कपिलवस्तु नगरपालिका वडा नम्बर ४ मलपरवा गाउँकी एक महिलाको मृत्यु भएको छ। घरमा काम गरिरहेको अवस्थामा ६० बर्षिया सवारी देवी उपाध्यायलाई गोमन जातको सर्पले टोकेको स्थानीय तारा प्रसाद मिश्रले बताए।

 

सर्पको टोकाइबाट घाइतेलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र गोरुसिङ्गे लगिएको थियो। त्यहाँबाट थप उपचारकालागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। उपचारको क्रममा उनको त्यही मृत्यु भएको थियो।

मृतक महिला तथ्याङ्क कार्यालय कपिलवस्तुका पूर्व प्रमुख अनिरुद्ध उपाध्यायकी श्रीमती हुन। उता वर्षाको मौसमसँगै कपिलवस्तुमा सर्पले टोक्ने क्रम समेत बढेको प्रहरी उपरिक्षक मीन बहादुर घलेले बताए।

चाल् आर्थिक वर्ष भित्र प्रहरीमा दर्ता भएको घटना अनुसार हाल सम्म सर्पको टोकाइबाट १० जनाको मृत्यु भएको छ। जसमध्ये महिला ५, बालक ४ र बालिका एक जना छन। सर्पको टोकाइबाट २१ जना घाइते भएका छन। जसमध्ये ८ महिला, ९ पुरुष, २ बालक र २ बालिका छन। ३ वर्ष देखि ८० वर्ष सम्मकालाई सर्पले टोको हो।

सम्बन्धित् समाचार