गृहपृष्ठ Featured राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

दाङ । राप्ती नदीमा डुबेर मंगलबार (कात्तिक २४) एक बालकको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–६, गोलौरा निवासी खडकसिंह डाँगीका ६ वर्षीय छोरा किशनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

राजपुर गाउँपालिका–७, हाटबासस्थित मामाको घरमा आएका बेला नुहाउने क्रममा यस दिन बिहान ११ बजे उनी राप्तीमा डुबेका थिए ।

नदीमा डुबेर अचेत भएका बालक किशनलाई लमही अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । बालकको शव हाल लमही अस्पतालमा राखिएको छ । रासस

सम्बन्धित् समाचार