गृहपृष्ठ Featured रुपन्देहीमा १० वर्षीया बालिका बलात्कार अभियोगमा किशोर पक्राउ

रुपन्देहीमा १० वर्षीया बालिका बलात्कार अभियोगमा किशोर पक्राउ

बुटवल ।

देवदहकी नाबालिका बालिका बलात्कार गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह खैरेनी-१५ का वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

साउन १४ मा उनले छिमेकी बालिकालाई खेल्ने बहाना बनाएर घर नजिकको जंगलमा लगेर बलात्कार गरेका आरोप छ ।

पीडितका आफन्तले उजुरी गरेपछि ओरोपित किशोरलाई पक्राउ गरेको गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए ।

किशोरलाई जबर्जस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि राखिएको उनले जानकारी दिए ।

सम्बन्धित् समाचार