गृहपृष्ठ Featured नेविसंघ केन्द्रीय कार्यसमितिमा ७१० जना मनोनित, कपिलवस्तुबाट को को परे ?

नेविसंघ केन्द्रीय कार्यसमितिमा ७१० जना मनोनित, कपिलवस्तुबाट को को परे ?

बैखरी अनलाइन, कपिलवस्तु ।
नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरु मनोनित गरेको छ ।

सोमवार कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा ७१० जना सदस्य मनोनित गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गरी सभापति देउवाले कार्यसमिति सदस्यहरुको मनोनय गर्नुभएको जानकारी दिएको छ ।
सभापति देउवाले विसं २०७८ चैत ९ गते नेविसङ्घको केन्द्रीय अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए ।

जसमा कपिलवस्तुबाट ८ जना मनोनित भएका छन । मनोनित हुनेमा बिद्यार्थी नेता  कृष्ण आर्चाय, टि आर पाण्डे, संदिप यादव, कृष्ण गिरी, माधव पौडेल, दिपेन्द्र रेग्मी, मञ्जु विश्वकर्मा र शिखर प्रसाद आचार्य रहेका छन ।

सम्बन्धित् समाचार