गृहपृष्ठ Featured पाल्पामा डेङ्गु सङ्क्रमित महिलाको मृत्यु

पाल्पामा डेङ्गु सङ्क्रमित महिलाको मृत्यु

पाल्पा २२ साउन ।

पाल्पामा डेङ्गु सङ्क्रमित महिलाको मृत्यु भएको छ ।

डेङ्गु संक्रमित तानसेन ६, बर्तुङ्की ६९ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा साउन २१ गते साँझ मृत्यु भएको हो ।

मृतक महिलामा एकसाताअघि डेङ्गु संक्रमणको पुष्टि भएको मिसन अस्पतालले जनाएको छ । पाल्पामा पछिल्लो समय डेङ्गु संक्रमण बढ्दै गएको छ ।

पछिल्लो एक महिनायता पाल्पामा १५ भन्दा बढी मानिसमा डेङ्गु संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराइले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार