वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु उद्योग बाणिज्य संघले पुर्वअध्यक्ष शंकर प्रसाद आचार्यको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै श्रद्धान्जली सभा सम्पन्न गरेको छ । संघले शुक्रबार एक कार्यक्रमका बीच श्रद्धान्जली सभा सम्पन्न गरेको हो ।

संघको सभाहलमा आयोजित श्रद्धान्जली सभालाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन् । संघमा आचार्यको योगदानको चर्चा गर्दै उनले बनाएको जगमा संघ उभिएको बताए ।
कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले आचार्यप्रति श्रद्धान्जली व्यक्त गर्दै स्वर्गीय आचार्य सबैका लागी प्रेरणाका स्रोत भएको बताए । उनले कपिलवस्तु उद्योग बाणिज्य संघ आचार्यले देखाएको मार्गमा अघि बढ्ने बताए ।
उनले संघको विकासमा महत्वपुर्ण योगदान पु¥याएको चर्चा गरेका थिए ।

संघका अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षता, नगरप्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा महासचिव मनोज पौडेलको संचलनमा सम्पन्न भएको हो ।
आचार्यको गत साउन १८ गते ६८ बर्षको उमेरमा निधन भएको थियो ।








