एजेन्सी– मलेशिया एयरलाइन्सको फ्लाइट एमएच ३७० दुर्घटना सम्बन्धमा बुधबार एउटा नयाँ दावी बाहिर आएको छ । एउटा अध्ययन अनुसार यो दुर्घटना पछाडि जहाजको पाइलट क्याप्टेन जाहिरी अहमद शाहको मानसिक स्थिति जिम्मेवार रहेको उल्लेख छ ।अध्ययनमा भनिएको छ, ‘उनकी पत्नीले उनलाई छाडेर गएकी थिइन् र उनी मानसिक रुपमा विक्षिप्त थिए । यही कारण उनले विमान दुर्घटना गराएर आत्महत्या गरेका थिए । उक्त विमान दुर्घटनामा २३८ जनाको ज्यान गएको थियो ।सन् २०१४ मार्च ८ को दिन क्वालालाम्पुरदेखि बेइजिङतर्फ उडेको एमएच ३७० विमान बेपत्ता भएको थियो । यसमा सवार सबै मासिनको मृत्यु भइसकेको मानिएको छ । अहिलेसम्म यो विमान हराउनुको ठोस प्रमाण बाहिर आएको छैन ।फ्लाइट एटेन्डेण्टसँग पाइलटको सम्बन्धपछि श्रीमतीसँग सम्बन्ध विच्छेदपछिल्लो अध्ययनको रिपोर्ट ब्रिटिश समाचारपत्र ‘द सन’ले प्रकाशित गरेको छ । यस रिपोर्टले विमान दुर्घटनाको सम्पूर्ण जिम्मेवारी जाहिरीको मानिसक अवस्थालाई लगाएको छ । सोधपुछका क्रममा उनका साथीले पनि दुर्घटनामा जाहिरी जिम्मेवार हुनसक्ने बताएका छन् ।रिपोर्टमा बढीयो पनि पढ्नुहोस
संकेत जाहिरीको मानसिक स्थिति, उनको पत्नीसँगको सम्बन्ध विच्छेद र एयर होस्टेससँग उसको सम्बन्धलाई गरेको छ । अमेरिकी एभियसन विशेषज्ञ विलियम ल्यागविशेले जाहिरीका साथीसँग कुराकानी गरेका थिए । एकजना मित्रले उनको विवाह सम्बन्ध बिग्रेको र यस पछाडि पाइलटको केही जहाजका एटेण्डेटसँग सम्बन्ध कारण रहनु रहेको बताएका छन् ।ल्यागविशेको रिपोर्टमा जाहिरीको घरमा उडानको अभ्यास गर्न सकिने ‘फ्लाइट सिमुलेटर’ रहेको र त्यहाँ उसले एमएच–३७० बेपत्ता भएको दिन हराउनुअघि विमानले तय गरेको मार्ग सेट भएको देखिएको थियो । यसबाट उनले घरमै विमान दुर्घटनाको अभ्यास गरेको हो कि भन्ने आशंका गरिएको छ ।यस मामिलामा भर्जिनियाका डा।भिक्टर ल्यानेलाले स्वतन्त्र जाँच गरिरहेका थिए । उनले पनि जाहिरीको घरमा रहेको ‘फ्लाइट सिमुलेटर’मा एमएच ३७० फ्लाइटले विगतमा तय गरेको सबै हवाई माग दर्ता रहेको पाए । तर त्यहाँ एउटा बाटो यस्तो थियो, जुनमा उनले दैनिक उडानका लागि प्रयोग गर्दैन थिए । यही बाटो प्लेन दुर्घटनाको दिन चुनिएको थियो ।लामो समय खोज्दा पनि विमानको कुनै संकेत नभेटिएपछि विमानको खोज अहिले स्थगित गरिएको छ । साथै विमानमा सवार सबैलाई मृत घोषणा गरिसकिएको छ ।
श्रीमतीले डिभोर्सलगत्तै पाइलटले विमान दुर्घटना गराए
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैलुम्बिनीमा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने
१४ घण्टा अघि
नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने
१४ घण्टा अघि
कच्चा तेलको मूल्य तीन महिनायताकै न्यून विन्दुमा
२३ घण्टा अघि








