वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले छाड़ा पशुचौपाया व्यवस्थापनको काम सुरु गरेको छ । शुक्रबारबाट छाड़ा चौपाया व्यवस्थापन कार्यको शुभारम्भ भएको गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले वैखरीलाई जानकारी दिए ।
हाल २५० गाई-गोरुलाई व्यवस्थापन गरिएको जानकारी दिदैं उनले बाहिरबाट आउन सक्ने छाडापशुचौपयालाई आउन नदिन विशेष सावधानी अपनाईएको बताए ।
उक्त कार्यको लागि निक्काहे पाण्डेय परिवारले जग्गा उपलब्ध गराएको बताउँदै अध्यक्ष चौधरीले पाण्डेय परिवारलाई धन्यवाद दिएका छन् । सो कार्यको शुभारम्भ गर्न शुद्धोधन गाउँपालिका ३ का वड़ाध्यक्ष महिबुद्दीन मुसलमानसहितका स्थानीयको विशेष साथ समेत प्राप्त भएको उनले बताए ।
अव्यवस्थित पशुचौपयाले सर्वसाधरणले अत्यन्तै सास्ती खेप्नु परेकाले उक्त सममस्याको समाधानका लागी आफु लागेको उनले बताए ।
उनले छाड़ा पशुचौपाया व्यवस्थापनको दीर्घकालीन समाधानको बारेमा गाउँपालिका योजनाबद्ध रुपमा अघि बढ्ने तयारीमा रहेको बताए ।








