कपिलवस्तु ।
दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेटको १६ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभा शनिबार बाणगंगा नगरपालिका- ४ सिद्धिपुरमा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सहकारी संघका लेखा संयोजक तेज प्रसाद आचर्या ले सहरी तथा ग्रामिण भेगका महिला तथा पुरुष दुबैको आर्थिक अवस्था लाई मजबुद बनाउन सहकारीले महत्वपुर्ण भुमिका खेलेको बताएका छन् । कपिलवस्तु जिल्ला सहकारी संघका उपाध्यक्ष समेत रहनुभएका आचार्यले देशमा आर्थिक सङ्कट परिरहेको समयमा सहकारीले विपन्न परिवारहरुको आर्थिक अवस्थालाई माथि उठाउन निक्कै सहयोग गरेको दाबी गरे ।
त्यस्तै जिल्ला तथा केन्द्रिय प्रतिनिधि राजेन्द्र विक्रम शाहले सहकारीले समाजमा उद्यमशिलता लाई जोड दिइरहेको बताए । सहकारीको मुख्य धर्म भनेकै व्यवसायीको क्षमता विकास गरि रोजगार बढाउनु रहेकोले त्यसमा विशेष ख्याल गर्नुपर्नेमा जोड दिए ।
संस्थाका सल्लाकार झलक मल्लले संस्थाले विगत देखि नै राम्रा काम गर्दै आएको बताउदै संस्थालाई माथि उठाउन सबै मिलेर जानुको विकल्प नरहेको बताए ।
संस्थाका अध्यक्ष कृष्ण बहादुर शाहीले सहकारीले समाजमा रहेका हरेक मानिसहरुको हित र भलो गर्ने प्रभावकारी माध्यम बनेको बताएका छन् । स्थानीयको आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनका लागि र जीवन स्तर माथि उठाउन आर्थिक पाटो बलियो हुन जरुरी रहेको उनको भनाई छ ।
उपाध्यक्ष कमला खाँण ‘सुस्मा’ को स्वागत मन्तव्य उक्त कार्यक्रमको सञ्चालन सचिव निर्मल शाहिले गरेका थिए ।








