कपिलवस्तुको शिवराज नगरपालिकाको पाचौ नगर सभा सम्पन्न भएको छ । सभाले शिवराज नगरपालिकाको आधार कृषि उद्योग पर्यटन र पुर्वधार भन्ने मुला नाराका साथ आगामी आर्थिक वर्षका निति तथा कार्यक्रमहरु पारित गरेको छ । निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उपप्रमुख शिवकुमारी थारुले शिवराज नगरपालिका एक एतिहासिक नगरपालिका रहेकोले यस नगरले कृषि र पर्यटनलाई जोड दिइएको वताइन ।
नगरले कृषिका सुधारको लागी कृषि अनुदानलाई थप व्यावस्थित गर्दै लक्षीत वर्गको पहुचलाई शुनिश्चित गर्ने गरि कार्यक्रम ल्याएको जनाइएको छ । सिचाईको लागी डिप वोरिङ निमार्ण गरि सिचाई सेवालाई विस्तार गर्ने योजना अघि सारीएको छ । नगरपालिकाले उत्कृष्ट कृषकहरुलाई पुरस्कार र क्षमता अभिवृद्धीको लागी तालिम आयोजना गर्ने भनिएको छ । पशु तर्फ गोठ देखी ओठ सम्म स्वस्थयकर दुध कार्यक्रम संचालन गरि भकारो कार्यक्रमलाई प्राथमिकतामा नगरपालिकाले राखेको छ । त्यस्तै पर्यटनको विकासको लागी शिवगढी मन्दिर र सोनवागढ क्षेत्रको विकासको लागी गरुयोजना निमार्ण गर्ने निति तथा कार्यक्रममा समावेश गरीएको छ ।








