गुल्मी ।
मङ्ग्लबार दिउँसो एक महिलाको फोन आयो । घर गुल्मी बताईन । पूरा ठेगना र नाम गोप्य राख्दै गुल्मीकै एक बिध्यालयका शिक्षकलाई जागिरबाट निकाल्न सहयोग गरिदिन आग्राह गरिन ।
उनले स्कुले जिवनमा आफैले पढाउने शिक्षकले विवाह गर्ने प्रलोभनमा आफुलाई पाँच बर्ष सम्म यौन शोषण गरेको ह्रुदयविदारक कथा सुनाईन । उनको विवाह भइसकेको रहेछ । नाम ठेगना खोलेर मिडियामा बोल्दा घर श्रीमानले थाह पाउने, घर बिग्रने डर सुनाईन ।
ती शिक्षकलाई प्रहरी चौकी सम्म पुराएको र करिव ३ लाखमा मिलापत्र गरेको बताउदै उनले भनिन, ‘त्यसरी मिलापत्र गरे पनि आफू माथिको त्यो शोषणको इख नमरेको उनको आशय थियो ।’ उनले त्यस्ता शिक्षकलाई किन अझै त्यसै बिध्यालयमा राखिएको छ ? भन्ने प्रतिप्रश्न गर्दै तत्काल निकाल्नका लागि सहयोगको आग्राह गरिन ।








