गृहपृष्ठ Featured विजय सिन्जालीले विश्व कम्ब्याट गेम्समा जिते कीर्तिमानी स्वर्ण

विजय सिन्जालीले विश्व कम्ब्याट गेम्समा जिते कीर्तिमानी स्वर्ण

काठमाडौं । 

विजय सिन्जालीले विश्व कम्ब्याट गेम्समा कीर्तिमानी स्वर्ण जितेका छन् ।

१३औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता उनले पुरुष छाङछ्वानमा ९.७२ अंक जोड्दै स्वर्ण जितेका हुन् ।

साउदी अरबियाको रियादमा विजयले हासिल गरेको ९.७२ अंक राष्ट्रिय कीर्तिमान भएको पनि जनाइएको छ । यसअघि उनले चीनको हाङझावमा सम्पन्न १९ औं एसियाली खेलकुदमा ९.७० अंकको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

सम्बन्धित् समाचार