पाल्पा ।
बडादशैंमा हुनेखानेका घरमा उल्लास छ तर हुँदा खानेलाई त्यो अवसर कहाँ मिल्छ र ? पाल्पाका बोटे, माझी समुदायमा सधैंजस्तै यसपालिको दशैं पनि खल्लो छ ।
पाल्पाको कालीगण्डकी नदीको किनारमा बसोबास गर्दै आएका यी समुदायलाई दशैं मनाउने भन्दा पनि दैनिक गर्जो कसरी टार्ने भन्ने चिन्ता बढी छ ।








