गृहपृष्ठ Featured नेविसंघ कपिलवस्तुले पठायो भूकम्प प्रभावितलाई राहत सामग्री

नेविसंघ कपिलवस्तुले पठायो भूकम्प प्रभावितलाई राहत सामग्री

वैखरी अनलाईन, बाणगंगा ।

नेपाल विद्यार्थी संघ कपिलवस्तुले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा राहत सामग्री पठाएको छ । नेविसंघ कपिलवस्तुका जिल्ला सभापति चन्द्रकान्त पोख्रेल र नेविसंघका केन्द्रिय सदस्य टिआर पाण्डेको नेतृत्वमा तथा नेविसंघ रुपन्देहीको सहयोगमा राहात सामग्री पठाईएको हो ।

सभापति पोख्रेलका अनुसार भूकम्पबाट प्रभावित क्षेत्रका घरपरिवारका लागी राहत स्वरुप १०० कट्टा बोरा भन्दा बढी चामल, २ क्युन्टल चिउरा, ३० बोरा स्वयाबिन, ४० कार्टुन चाउचाउ, तेल, त्रिपाल लगायतका सामग्रीसहित पठाईएको हो ।

तरुण दलका कपिलवस्तुका अध्यक्ष शक्ति सिंह ठकुरी, सिद्धार्थ क्याम्पसका स्ववियु सभापति निलकमल थारु, कोषाध्यक्ष मनोज न्यौपाने, बिधार्थी नेता विशाल अधिकारी, रुपन्देही जिल्ला अध्यक्ष सन्दिप पाण्डे लगायतको टोली जाजरकोट पुगेको उनले बताए ।

उनले विभिन्न सरोकारवालाहरुसंग समन्वय गरि सहयोग सामाग्री उठाइएको बताए । उनले नेविसंघ सदैव सहयोगी भावना राखेर अग्रपंक्तिमा खटिने बताउँदै यस्ता विपतका घटना हुँदा सबैले सहयोगको हात अघि बढाउनुपर्ने बताए ।

सम्बन्धित् समाचार