गृहपृष्ठ Featured एकचोटी प्रेमको गहिराईमा पुगौं न ? 

एकचोटी प्रेमको गहिराईमा पुगौं न ? 

विजय पौडेल
प्रेम(माया) भन्ने बित्तिकै तपाईंको मनमा सबभन्दा पहिले कस्तो विचार आउँछ? (अपवादलाई छोडेर) संभवतः प्राय सबैको मनमा आउने विचार भनेको दुई विपरीत लिङ्गी प्रतिको प्रेम अथवा माया भन्ने विचार आउँछ, वास्तवमा के यही मात्र सीमित छ त प्रेम यदि छैन भने वास्तवमा के हो त प्रेम आउनुहोस् आज यस विषयमा अलिक फरक तरिकाले चर्चा गरौं है त,
हामीले सामान्यतया जसलाई प्रेम भनेर बुझेका छौं अधिकांश त्यस्तो प्रेम वास्तवमा आकर्षण हो त्यो पनि दुई विपरीत उमेर पुगेका स्त्री र पुरुष बीचको, त्यस्तो आकर्षण कसरी हुन्छ त भन्दा हाम्रो शरीरमा विभिन्न प्रकारका ग्रन्थीहरू छन् ती ग्रन्थिबाट विभिन्न किसिमका रसायन उत्पन्न हुन्छन् ती रसायन विभिन्न अवस्थामा फरक -फरक निस्किन्छन् त्यो पनि ग्रन्थि र उसको काम अनुसार । यी कुरा भनेका नितान्त प्राकृतिक भए यसमा केही समस्या छैन ।
जब उमेर पुगेका दुई स्त्री र पुरुष विशेष उदेश्यले एक अर्काको  नजिक आउँछन् उनीहरूको मस्तिष्कमा एक विशेष किसिमको रसायन उत्पन्न हुन थाल्छ, जसलाई डोपामिन पनि भनिन्छ यसरी रसायन उत्पन्न हुँदा खेरी मानिस को शरीरमा एक विशेष खाने महसुस हुन थाल्छ र मन तरंगित हुन थाल्छ र जसको नजिक मा जाँदा यस्तो रसायन उत्पन्न हुन्छ उक्त व्यक्ति सँग अझै नजिक हुन मन लाग्छ, भेट्न मन लाग्छ बोल्न मन लाग्छ नजिक भइरहन मन लाग्छ । यही आकर्षण बाट सुरु हुन्छ कहानी हामीले भन्ने ” माया” को , के यही मात्र माया हो?
अब अर्को पाटो बाट हेरौं है त हामीले प्रेमलाई बुझ्नको लागि यसको शब्दार्थ लाई हेरौं है त, यसरी हेर्दाखेरि प्रेम भन्ने शब्द संस्कृतको ‘ परम ‘ शब्दबाट आएको पाइन्छ जसको अर्थ उच्चतम अथवा सर्वोच्च हुन्छ । त्यसैगरी मायाको अर्थ शब्दकोश मा हेर्यौ भने जसको अर्थ ” भन्ने हुन्छ  । अब यसरी सरासर हेर्दाखेरि प्रेम भनेको जीवनको उच्चतम अनुभूति हो तर के हामी सबैले यसको अनुभूति गर्न पाएका छौं त? सायदै कम ले मात्र, यस्तो किन हुन्छ  होला त? किनकि हामीले प्रेम लाई बुझेनौ, बुझ्न, जान्न खोजेनौ, अथवा हामीलाई यसरी बुझाइएन, जे जति बुझियो चलचित्र, गीत संगीत, आदि इत्यादी चीज बाट मात्रै बुझियो त्यो पनि उनीहरू को फाइदा हुने किसिमले मात्र ।
वास्तवमा प्रेम त उत्पत्ति, सृष्टिको उपहार हो भनौं अझ सृष्टि नै प्रेम हो, यो सर्वव्यापी छ (ईश्वर झै) कण कण मा छ, तन मन शरीर लगायत हरेक प्राणी वनस्पति, प्रकृति सबैमा प्रेम छ भनौं अझै भन्नुपर्दा सबै चिज नै प्रेम हो , अझै भनौं तपाईं हामी सबै प्रेम कै उपज हो, अझै एक तह अगाडि गएर भन्दा तपाईं हामी सबै प्रेम हो ।
हामी आफै विचार गरौं न, यदि सबै प्रेम होइन भने यो प्रकृतिले हरेक प्राणी को लागि निःशुल्क दिने पञ्चतत्व लगायत सबै कुरा, हामी लगायत हरेक प्राणी लाई बिरामी हुँदा निको पर्ने स्वचालित प्रणाली, हरेक प्राणीलाई जिउनको लागि हरेक अर्को प्राणीले गर्ने
प्रत्यक्ष, अप्रत्यक्ष परस्पर सहयोग । हामीले यसरी हेर्दा खेरि हरेक चीज प्रेम हो सबै कुरा प्रेम ले नै बनेको छ र हामी प्रेमले नै जोडिएका छौं, व्यक्ति व्यक्ति बीच मात्र नभएर हरेक चीज सँग ।
त्यसैले अन्त्यमा हामीले जसलाई प्रेम( माया ) भन्छौ वास्तवमा  त त्यो पूर्ण प्रेम नभएर आंशिक मात्र हो यसको अर्थ युवा युवती बीचमा हुने प्रेमलाई प्रेम होइन भन्ने खोजेको होइन, त्यो पनि प्रेम हो, तर सही मानेमा प्रेम लाई बुझेर गरियो भने मात्र, नत्र भने त्यो एउटा सम्बन्धमा मात्र सीमित हुन पुग्छ , त्यसमा एउटा राम्रो सम्बन्ध त होला तर प्रेम नहुन पनि सक्छ, त्यसैले हामीले प्रेम लाई राम्रो सँग बुझेर मात्र सम्बन्ध गाँस्न पुग्यौं भने मात्र हामीले त्यो सम्बन्ध बाट उच्चतम अवस्थामा पुग्न सकिन्छ , पारस्परिक साथ, सहयोग प्राप्त हुन्छ अझै भनौं प्रेमको बोध हुन्छ त्यो नै उच्चतम अवस्था हो ।

सम्बन्धित् समाचार