गृहपृष्ठ Featured डान्स आईडल संयोजक क्षेत्रीले भने- ‘भोलिबाट अडिसन सुरु हुदैं छ, छिटो सम्पर्क गर्नु’

डान्स आईडल संयोजक क्षेत्रीले भने- ‘भोलिबाट अडिसन सुरु हुदैं छ, छिटो सम्पर्क गर्नु’

वैखरी अनलाईन, बाणगंगा ।

१४ औं कपिलवस्तु महोत्सवको मुख्य आकर्षकका रुपमा रहेको १२ औं कपिलवस्तु डान्स आइडलको लागी भालिदेखि अडिसन सुरु हुने भएको छ । भोलि मंगलबार आइडलको लागि विहान ९ बजेसम्म फारम लिइसक्नुपर्ने र १० बजे अडिसन सुरु हुने आइडल संयोजक खड्क बहादुर क्षेत्रीले वैखरीलाई जानकारी दिए ।

संयोजक क्षेत्रीले कपिलवस्तु डान्स आइडलमा सहभागिता जनाउन छिट्टो सम्पर्क गर्न अपिल समेत गरेका छन् ।

उनले डान्स आइडलमा सहभागितका लागि इच्छुकले भोलि बिहानसम्म मोबाइलमा सम्पर्क गरेर पनि सहभागिताको लागि नाम टिपाउन र अडिसनमा सहभगिता जनाउन सक्ने बताए । संयोजक क्षेत्रीले डान्स आइडललाई भव्य र सभ्य रुपमा सम्पन्न गर्ने गरी आफूहरु सक्रिय भएर लागेको बताए ।

उनले डान्स आइडललाई विशेष र एतिहासिक बनाउने गरी आफूहरु लागेको शैक्षिक संस्था, डान्स एकेडमी, विभिन्न क्लब लगायत सम्पर्कमा रहेको बताए ।

अडिसन क्लबको भवन बुद्धरंगशालामा हुने छ ।

आइडलमा प्रथम हुनेलाई १ लाख २१ हजार १ सय २१ रुपैयाँ, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको क्षेत्रीले बताए ।

सम्पर्कका लागी

आइडल संयोजक : 9821912295

सचिवालय : 076-550389 

सम्बन्धित् समाचार