गृहपृष्ठ Featured कपिलवस्तु उद्योग बाणिज्य संघले तोक्यो सदस्यता नविकरण तथा नयाँ दर्ताको समयसिमा

कपिलवस्तु उद्योग बाणिज्य संघले तोक्यो सदस्यता नविकरण तथा नयाँ दर्ताको समयसिमा

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु उद्योग बाणिज्य संघले सदस्यता नविकरण तथा नयाँ दर्ताको समयसिमा तोकेको छ । संघको मंगलबार बसेको २९ औं नियमित बैठकले पौष १५ गतेसम्म नविकरण तथा नयाँ दर्ताको काम जारी राख्ने निर्णय गरेको महासचिव मनोज पौडेलले वैखरीलाई जानकारी दिए ।

उनले वर्तमान कार्यसमितिको कार्यकाल समाप्त हुन लागेकाले आगामी माघ २३ गते साधारण सभा र अधिवेशन सम्पन्न गर्ने निर्णय समेत भएको बताउँदै उनले भने, ‘पौष १५ गतेपछि नविकरण, दर्ता रोक्ने तथा अधिवेशनमा सहभागी हुन नपाउने निर्णय भएको छ ।’

बैठकमा नियमित रिर्पोटिङ्ग समेत गरिएको थियो ।

सम्बन्धित् समाचार