वैखरी अनलाईन, बाणगंगा ।
शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा झलक मल्ल चयन भएका छन् । मल्ल विहिबार सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएको निर्वाचन समितिका संयोजक रामजी सेनले जानकारी दिए ।
जसको उपाध्यक्षमा बाबुराम बस्नेत, सचिवमा सन्जु सेन, सहसचिवमा अस्मिता नेपाली, कोषाध्यक्षमा कमला थापा चयन भएका छन् । यस्तै सदस्यहरुमा ठगबहादुर मल्ल, राजेन्द्र बोहरा, शारदा पौडेल लगायत १५ जना चयन भएका छन् भने लेखा समिति संयोजकमा राम बहादुर पन्त चयन भएका छन् । जसको सदस्यमा प्रेम बहादुर क्षेत्री र सुनिता सेन छन् ।
नवनिर्वाचित अध्यक्ष मल्लले वन व्यवस्थापन, संरक्षण र सम्बद्र्धनमा आफुले जोड दिदैं काम गर्ने बताएका छन् ।








