गृहपृष्ठ Featured १४ औं कपिलवस्तु महोत्सवको प्रवेशद्धार मुक्तिनाथ मन्दिरको स्वरुपमा बन्ने

१४ औं कपिलवस्तु महोत्सवको प्रवेशद्धार मुक्तिनाथ मन्दिरको स्वरुपमा बन्ने

वैखरी अनलाईन, बाणगंगा ।

यही मंसिर २१ देखि पुस १ गतेसम्म हुन लागेको १४ औं कपिलवस्तु महोत्सव एवम् कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको मुख्य प्रवेशद्धार धार्मिक तथा पौराणिक महत्व बोकेको मुक्तिनाथ मन्दिर स्वरुपमा बन्ने भएको छ । महोत्सवकै मुख्य आकर्षणको रुपमा रहने उक्त प्रवेशद्धार निर्माणको काम प्रारम्भ गर्ने आयोजकको तयारी छ ।

बाणगंगा वेयलफेयर सोसाइटीका अध्यक्ष समेत रहेका महोत्सवका संयोजक राजकुमार खाँणले विगतका महोत्सवमा कपिलवस्तुका मुख्य पर्यटकिय स्थललाई झल्काउने शैलीमा प्रवेशद्धार निर्माण गरिएको बताउँदै उनले केही नयाँपन दिन मुक्तिनाथ मन्दिरको निर्माण शैलीमा प्रवेशद्धार बनाउन लागेको बताए ।

उनले अन्य ठाउँमा विदेशी संंरचनाको स्वरुपमा पनि गेटहरु निर्माण हुने गरेको बताए । यसले नेपालकै पर्यटकिय स्थलको प्रचार प्रसार हुने उनको भनाई छ । संयोजक खाँणले नेपालका ऐतिहासिक महत्व बोकेका सम्पदाहरुको प्रचार प्रसार गर्ने उद्देश्यले यो पटक मुक्तिनाथको गेटलाई महोत्सवको मूलद्वारको रुपमा राखिने बताए ।

महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा ९दिनेश०ले महोत्सवमा गेट मुक्तिनाथको गेट झल्कने गरी बनाइने बताए । कपिलवस्तु, छिमेकी जिल्लाहरु, रुपन्देही, अर्घाखाँची, गुल्मी, दाङ, पाल्पा र छिमेकी राष्ट्र भारत लगायत स्थानबाट महोत्सव अवलोकन गर्न आउने दर्शकका लागि मुक्तिनाथको झल्को दिने र गेटको निर्माण दक्ष कालिगणले गर्ने उनले बताए ।

सम्बन्धित् समाचार