बर्दिया ।
प्रहरीले भारतबाट लुकाई छिपाई भित्राइएको प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
लागु औषध नियन्त्रण ब्युरो नेपालगन्ज र बर्दिया प्रहरीको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा बढैयाताल गाउँपालिका-८ पशुपतिबजारमा १४ ग्राम ९ सय ७० मिलीग्राम लागुऔषध जस्तो देखिने खैरो रंगको धूलो पदार्थ फेला पारेको छ ।
भारतको बलैगाउँ हुँदै अवैद्यरुपमा शंकास्पदरुपमा आई रहेको भे ३ प ८३७१ मोटरसाइकल जाँच गर्दा उक्त पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचनाका अधिकारी डिएसपी तुलसीराम अधिकारीले बताए ।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका-११ का करिब ४२ वर्षका कलिम अहम्मद मनिहार र सोही ठाउका ३५ वर्षिय अयोध्याय प्रसाद धोबी छन् ।








