गृहपृष्ठ कपिलवस्तु बिशेष १४ औं कपिलवस्तु महोत्सव : ५० प्रतिशत तयारी सम्पन्न

१४ औं कपिलवस्तु महोत्सव : ५० प्रतिशत तयारी सम्पन्न

वैखरी अनलाईन, बाणगंगा ।

१४ औं कपिलवस्तु महोत्सवको तयारी हालसम्म करिब ५० प्रतिशत सम्पन्न भएको छ ।

बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा यही मंसिर २१ देखि पुष १ गतेसम्म युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्साहन’ भन्ने मूल नाराका साथ १४ औं कपिलवस्तु महोत्सव बाणगंगा नगरपालिका- ४ बुद्धरंगशालामा हुदैं छ ।

महोत्सवको तयारी करिब ५० प्रतिशत भएको र अन्य बाँकी काम तीब्र गतिमा चलिरहेको बाणगंगा वेलफेयर सोसाईटीका अध्यक्ष तथा महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए ।

खाँणले विगतका बर्षहरुको तुलनामा भन्दा १४ औं कपिलस्तु महोत्सव पृथक हुने दाबी गरे । उनले यस क्षेत्रको ‘अर्थतन्त्रलाई चलायमान गराउँन महोत्सवले टेवा पुग्ने र उद्योगी, व्यवसायको प्रवद्र्धन गर्दै उद्योगी व्यवसायीलाई केही राहत दिने बताए ।

महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा ९दिनेश०ले विशेष गरी कपिलवस्तु जिल्लाका ऐतिहासिक सम्पदाको प्रचारप्रसारसँगै हस्तकलाको प्रदर्शन र कृषि प्रदर्शनी लगायत महोत्सवमा हुने बताए । विगतका महोत्सवमा रहदै आएका विभिन्न खानाका परिकार, बालउद्यान जस्ता गतिविधिलाई निरन्तरता दिइने उनले बताए ।

महोत्सव स्थलमा कम्पाण्ड घेर्ने र स्टल निर्माणको काम, सम्पन्न भएको उनले बताए । रोकाहाले क्रमश स्टेज, सचिवालय, प्रवेशद्धार निर्माणको काम सुरु गर्ने तयारीमा लागेको बताए ।

महोत्सवमा करिब ७० प्रतिशत स्टल बुकिङ्ग भएको र बाँकी स्टल बुकिङ्गका लागि सम्पर्कमा आउने क्रम बढेको स्टल संयोजक मिन थापाले बताए । स्टलमा विशेष गरि स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको बताउँदै महोत्सवमा तीन सय बढी स्टल रहने जसमध्ये व्यवसायिक १ सय ८०, कृषिका स्टल २० बढी, घरेलुका स्टल ५० बढी र विभिन्न प्रदर्शनका स्टल ५० बढी स्टल रहने जानकारी दिए ।

सम्बन्धित् समाचार