गृहपृष्ठ कपिलवस्तु बिशेष जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउन सुशासन अपरिहार्य : नगर प्रमुख कलाम

जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउन सुशासन अपरिहार्य : नगर प्रमुख कलाम

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलामले महाराजगंजलाई समृद्धि बनाउने गरि काम गरिरहेको बताएका छन् । नगरवासीको आवश्यकता र चाहनाअनुरुप नै नगरका गतिविधि संचालन भईरहेको बताउँदै उनले भने, ‘जनतालाई सुशासनको प्रत्याभूति दिलाउन अहोरात्र खटेको छु । यसले नगरलाई समृद्धितर्फ लगेको छ ।’

उनले जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउन सुशासन कायम गर्नु अपरिहार्य भएको बताए । नगरप्रमुख कलामले नगरपालिका पञ्चवर्षीय आवधिक योजना बनाएर अघि बढ्ने तयारीमा रहेको सुनाए ।

उनले नगरपालिकाले विभिन्न चरणमा सुझाव संकलन गर्दै आवधिक योजनाको आधार तयार पारेको बताए । नगरपालिकाका सम्भावना र चुनौतिलाई बुझेर पञ्चर्वषीय योजना बनाउन लागिएको उनको भनाई छ । उनले नगरपालिका शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर अघि बढेको बताए । उनले कृषिलाई व्यवसायीकरण गर्दै उत्पादन बढाउनेमा नगरपालिकाको ध्यान केन्द्रित रहेको बताए ।

रोजगारीका अवसर सृजनामा पालिकाले मात्र सम्भव नहुने उनले बताए । बजेट अभावकै कारण विकास निर्माणका कामलाई चाहेअनुसार तीब्रता दिन नसकिएको उनको गुनासो गुनासो छ ।

सम्बन्धित् समाचार