नेपाल वन पैदावार उद्योग व्यवसायी सघं कपिलवस्तुको अध्यक्षमा रनेन्द्र सेन निर्वाचित भएका छन् । आज शुक्रबार सम्पन्न संघको चौथो अधिवेशन तथा छैंठौं साधारण सभाबाट सेन अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै बरिष्ठ उपाध्यक्षमा नुर मोहम्मद खाँ, बाणिज्य तर्फ उपाध्यक्षमा सुरेन्द्र पाण्डे, उद्योग तर्फ उपाध्यक्षमा कृष्णमान कोजु, महा–सचिवमा कल्याण टण्डन, सचिवमा नारायण थापा, सह–सचिवमा तिलक प्रसाद गैरे, कोषाध्यक्षमा उमलाल अर्याल, सह–कोषाध्यक्षमा संजय राय लगायत १६ सदस्यीय समिति निर्वाचित भएको हो ।








