वैखरी अनलाइन, बाणगंगा ।
लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले विद्यालयमा शिक्षा प्रदान गर्दा खेलकुदलाई पनि समावेश गर्नुपर्ने बताउनुभएको छ । ब्याक्तित्व विकास देखि देशलाई विश्व माझ चिनाउन खेलकुद क्षेत्र निक्कै महत्तवपूर्ण रहेकोले यसलाई शिक्षा सङ्ग जोड्नुपर्ने बताउनु भयो ।
‘स्वास्थ्यका लागि खेलकुद, रास्ट्रका लागि खेलकुद’ भन्ने मुल नारा सहित आज कपिलवस्तुको बुद्धभुमिमा सुरु भएको नगर स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड २०८० तथा मेयर कप प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
बुद्धभुमि सहित सिङ्गो कपिलवस्तुलाई खेलको क्षेत्रमा अगाडि बढाउनको लागि आफुले प्रदेश सरकार बाट सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । पछिल्लो समय नेपालले खेल क्षेत्रमा तिव्र गतिमा फड्को मारिरहेको भन्दै त्यसलाई अझ प्रवद्र्धन गर्न हामिले स्थानिय निकाय बाटै पहल गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले जिल्लालाई खेलकुदको क्षेत्रमा अगाडि बढाउन यस्ता खेलले निक्कै महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । खेलको विकास विद्यालय बाटै गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पुर्व सांसद माला गोतामेले नेपाललाई विश्व माझ चिनाउने निक्कै धेरै कुराहरु भएपनि खेल क्षेत्र अर्को महत्वपुर्ण क्षेत्र रहेको बताउनुभयो ।

त्यस्तै बुद्धभुमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले बुद्धभुमिलाई खेलको क्षेत्रमा जिल्लामै उत्कृष्ट बनाउने दाबी गर्नुभयो । नगरभित्रका विद्यालयमा खेलको क्षेत्रलाई पनि सहभागि बनाएर लैजाने बताउनुभयो ।

प्रतियोगीतामा एथलेटिक, ट्याक, भलीबल कबड्डी लगायतको खेल हुने नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख कृष्ण प्रसाद भट्टराईले बताए । कक्षा ९ देखि १२ सम्म राष्ट्रपति रनिङ शील्ड र १ देखि ८ सम्मका बिदार्थी मेयर कपमा सहभागी छन । शलिड र कप जित्नेलाई १५ , १२ र ८ हजार नगदले पुस्कृत गरिने भट्टराईले बताए । उदघाटन सत्रमा कराटे, स्काउट, नित्य, गायन लगायत प्रस्तुत गरिएको थियो








