गृहपृष्ठ Featured स्वमुल्यांकन नतिजामा बुद्धभूमि मुलुकका ७५३ पालिकामै पहिलो बन्यो

स्वमुल्यांकन नतिजामा बुद्धभूमि मुलुकका ७५३ पालिकामै पहिलो बन्यो

कपिलवस्तु । स्वमुल्याङ्कन नतिजामा कपिलवस्तुको बुद्धभूमि नगरपालिका मुलुकमै पहिलो नगरपालिका बनेको छ ।

मुलुकभरका ७५३ स्थानीय तहले गत आर्थिक बर्षमा गरेको कामको मुल्याङकन पौष मसान्तभित्र स्वमुल्याङकनको रुपमा नतिजा पठाउनुपर्ने संवैधानिक नियम छ ।

त्यसैमा  बुद्धभूमि नगरपालिकाले आ.व. ०७९।०८० स्वमुल्याङकन ८० पौष २७ गते सार्वजनिक गरेर मुलुकमै पहिलो पालिका भएको जिल्ला समन्वय समिति कपिलवस्तुले जनाएको छ । सार्वजनिक भएको स्वमुल्यांकनमा बुद्धभूमिले बिगतको नतिजामा सुधार गर्दै ८१ अंक प्राप्त गरेको समन्वय समितिले जानकारी दिएको छ ।

नगरप्रमुख श्रेष्ठले मुलुकमै यसरी प्रथम हुन पाउँदा नगरको सबै टिम खुसी रहेको जनाए ।

 

विगतमाभन्दा यसपटक नगरमा धेरै राम्रा काम हुँदै गइरहेको बताउँदै नगरप्रमुख श्रेष्ठले आगामी ३ बर्षभित्र नगरपालिकालाई धेरै कुरामा विकास गर्ने बताए । जिल्लाका १० वटा स्थानीय तहमधये सबैभन्दा राम्रो काम गरेको पालिकाको रुपमा बुद्धभूमि नगरपालिका रहँदै आएको छ ।

सम्बन्धित् समाचार