गृहपृष्ठ Featured जिल्ला स्तरिय हाजिरिजवाफ प्रतियोगितामा सिद्धार्थ क्याम्पस प्रथम

जिल्ला स्तरिय हाजिरिजवाफ प्रतियोगितामा सिद्धार्थ क्याम्पस प्रथम

कपिलवस्तु ।

कपिलवस्तु जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता ‘सिद्धार्थ क्वीज’मा सिद्धार्थ क्याम्पस बाणगंगाको स्नातक तहको समूहले प्रथम स्थान हासिल गरेको छ ।

सिद्धार्थ क्याम्पस, अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा बिहीबार क्याम्पसको सभाहलमा सम्पन्न प्रतियोगिताबाट उक्त क्याम्पसका अमृता खनाल र छविलाल बेल्बासेको समूहले प्रथम स्थान हासिल गर्न सफल भएकोे हो ।

प्रतियोगितामा बाणगंगा माध्यमिक विद्यालय गजेहडाका हर्षिका न्यौपाने र सन्तोष भुसालको समूहले द्वितीय स्थान हसिल गरेको छ भने ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुल राजपुरकाका दिक्षा खनाल र सङ्कल्प भुसालको समूह तृतीय भएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न सफल समूहलाई नगद पुरस्कारसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगितमा कपिलवस्तु जिल्लामा सञ्चालित क्याम्पस तथा माध्यमिक विद्यालयका १७ विद्यार्थी समूह सहभागी भएका थिए । कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थ क्याम्पस सञ्चालक समिति अध्यक्ष डम्मर शर्माले विद्यार्थीहरुको बौद्धिक क्षमता अभिवृद्धि गर्न हाजिरीजवाफ प्रतियोगिताले सहयोग गर्ने बताउनुभयो ।

अध्यक्ष शर्माले विद्यार्थीहरु देशको कर्णधार भएकाले हरेक विद्यार्थीले देशको आर्थिक, सामाजिक, राजनैतिक र भौगोलिक अवस्थाको बारेमा चासो दिनुपर्ने र ज्ञान लिनुपर्ने कुरामा जोड दिनुभयो ।

विद्यार्थीहरुको संज्ञानात्मक पक्षको विकास गर्ने उद्देश्यले सिद्धार्थ क्याम्पसले हरेक वर्ष जस्तै यस वर्ष पनि ‘सिद्धार्थ क्वीज’ आयोजना गरेको क्याम्पस प्रमुख बेदराम अर्यालले बताउनुभयो ।

प्रतियोगितामा उपप्राध्यापक कुलराज भुसाल र सहायक प्राध्यापक रमेश पौडेलले क्वीज मास्टरको भूमिका निर्वाह गर्नुभएको थियो भने उपप्राध्यापक अनिमा जिसीले टाइम किपर र विष्णु भट्टराई स्कोर किपरको भूमिका निर्वाह गर्नुभएको थियो ।

कार्यक्रम अतिरिक्त क्रियाकलाप समिति संयोजक रमेश पौडेलको अध्यक्षता र कुलराज भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार