गृहपृष्ठ Featured बुटवल–नारायणगढ सडकको दूरावस्थाले ५० प्रतिशत व्यापार घटेको दावी, काम छिटो सक्न माग

बुटवल–नारायणगढ सडकको दूरावस्थाले ५० प्रतिशत व्यापार घटेको दावी, काम छिटो सक्न माग

बुटवल ।

बुटवल–नारायणगढ सडकखण्ड विस्तारको काम छिटो पूरा गर्न रुपन्देहीका ठूला लगानीका होटेल व्यवसायीहरुले माग गरेका छन् । सडकको दुरावस्थाले ५० प्रतिशत व्यापार घटेको दाबी गर्दै उनीहरुले सडक विस्तारको काम छिटो सक्न माग गरेका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते बुटवल–नारायणगढ सडकखण्ड विस्तारको बुटवलमा शिलान्यास गरेका थिए । ११४ किलोमिटर लामो यो सडक विस्तारको काम दुई वर्षमा पूरा गर्ने गरी चाइना स्टेट कम्पनीले ठेक्का पाएको छ ।

१७ अर्ब लागतको यो परियोजना एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सुरु भएको विस्तारको काम सम्झौता अनुसार २०७९ साउनमा सकिनुपर्थ्यो । तर कोरोना महामारी र निर्माण सामग्री अभाव लगायतका कारण देखाएर २०८० भदौ ११ गतेसम्मका लागि म्याद थप गरिएको थियो । थप भएको समयमा पनि काम नसकिएपछि फेरि एक वर्ष म्याद थपिएको छ ।

साढे ४ वर्षको अवधिमा अहिले ४० प्रतिशत मात्र काम सकिएको छ । अहिले धुलो र खाल्डाखुल्डीले गर्दा यात्रा कष्टकर हुने गरेको छ ।

सम्बन्धित् समाचार