बाणगंगा, वैखरी अनलाईन ।
१४ औँ कपिलवस्तु महोत्सवको नवौं दिन शुक्रबार ८ हजार बढी दर्शकहरुले अवलोकन गरेका छन् ।
महोत्सवका संयोजक तथा बाणगंगा वेलफेयर सोसाईटीका अध्यक्ष राजकुमार खाँणले महोत्सवमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको भन्दै खुशी व्यक्त गरे । उनले महोत्सवको अन्तिम अन्तिमसम्म आईपुग्दा दर्शकको साथ कायम रहेको बताए ।
महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा दिनेशले करिब ३० लाख बढीको आर्थिक कारोबार भएको बताए । रोकाहाले महोत्सव अवधिभर दर्शकहरुको अपार माया र साथ प्राप्त भएको बताए ।
आज चर्चित गायिका मेलिना राई, गायक रमेशराज भट्टारार्ई, पशुपति शर्मा, विष्णु श्रीपाली लगायतको बेजोड प्रस्तुती रहेको थियो ।
महोत्सवमा १२ औं कपिलवस्तु डान्स आइडलतर्फ ६ जनाले प्रस्तुति दिएका दिएका थिए । जसमध्ये प्रिन्सिका खाँण ‘पर्फमेन्स अफ डे’ हुन सफल भएकी डान्स आइडल संयोजक खड्क बहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार शुक्रबार स्मृति जैसी बाहिरिएकी छिन् ।








