चेतन विष्ट, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको प्रमुख समस्याको रुपमा रहेको छाडा पशुचौपाया व्यवस्थपन गर्न भन्दै जिल्लाका जनप्रतिनिधि सहितको एक टिमले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड लाई ज्ञापन पत्र बुझाएको छ ।
छाडा चौपाया व्यवस्थापन गम्भिर समस्याको रुपमा देखिएकाले उक्त समस्याको समाधानको माग सङ्गै जाजरकोट भुकम्प पीडित प्रधानमन्त्री उद्धार कोषमा जिल्लाको तर्फ बाट २२ लाख प्रदान गरिएको हो ।
उक्त कार्यक्रमा कपिलवस्तुका प्रतिनिधि सभा सदस्य तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्य, राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, बाणगंगा नगरपालिका प्रमुख चक्रपाणी अर्याल, बुद्धभुमि नगरपालिका प्रमुख केशव कुमार श्रेष्ठ, कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पौडेल, कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह, विजयनगर गाउँपालिका प्रमुख गोपाल बहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले छाडा पशुचौपाया नेपालका धेरै जिल्लाको प्रमुख समस्याको रुपमा रहेको भन्दै उक्त समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताउनुभयो । त्यस्तै भुकम्प उद्धार कोषमा आर्थिक सहयोग गरेको भन्दै धन्यवाद समेत व्यक्त गर्नुभयो ।
छाडा चौपायका ब्यवस्थापनका लागि कपिलवस्तुका पालिकाले बुद्धभूमिको गब्दाहवामा स्थान छनौट गरी आवश्यक प्रकृया अघि बढाउने यस अघि नै निर्णय गरी सकेका छन् । मेयर्स क्वलका अध्यक्ष श्रेष्ठले आफुहरुले वन डिभिजन र लुम्बिनी प्रदेश कार्यालयमा पहल गर्दा पनि हुन नसकेपछि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनु परेको बताए ।
प्रधानमन्त्री प्रचण्डले छाडा चौपाया ब्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बताए ।
संघीय महिला बालबालिका तथा जेष्ठ नागकिर मन्त्री सुरेन्द्र राज आचार्यले छाडा पशुचौपया कपिलवस्तुसहित तराईका अधिकांश जिल्लाको प्रमुख समस्याका रुपमा रहेको बताए । उनले यस बिषयमा प्रधानमन्त्री प्रचण्डलाई ठोस कदम चाल्न समेत आग्रह गरे ।
उनले कपिलवस्तुमा छाडा चौपायको समस्या छिट्टै समाधान हुने बताए








