गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुको बुद्धभूमिमा स्वास्थ्य शिविर : २ हजार बढी बिरामी लाभान्वित

कपिलवस्तुको बुद्धभूमिमा स्वास्थ्य शिविर : २ हजार बढी बिरामी लाभान्वित

कपिलवस्तु ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नगरपालिकाले गौतम बुद्ध मावि गोरुसिंगेमा शुक्रवार काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क शिविर सञ्चालन गरेको हो ।

शिविरबाट २ हजार बढी बिरामी लाभान्वित भएका छन् ।

मुटु, मिर्गौला, आँखा, नाक, कान, घाटी, छाला तथा यौन रोग, हाड जोर्नी तथा नशा, मानसिक रोग, महिला तथा स्त्री विशेषज्ञ सेवा, बाल रोग, दाँत रोगको उपचार गरिएको थियो । मुटुको इसिजी, भिडियो एक्सरे, दिसा पिसाब खकार तथा रगत जाँच र औषधि निःशुल्क प्रदान गरेको काठमाडौं मेडिकल कलेज तथा नोबेल मेडिकल कलेजका सञ्चालक तथा संघीय सांसद सुनिल शर्माले बताए ।

पालिकामा एकै पटक यति धेरै रोगको चेकजाँच र उपचार भएको पहिलो पटक हो । निःशुल्क उपचारले अत्यन्त विपन्न समुदायका महिला वृद्धहरु समेत पहिलो पटक उपचारका लागि आएका बुद्धभूमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए । उनले थप उपचार र अप्रेसन गर्नुपर्ने बिरामीलाई शिक्षण अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था नगरपालिकाले गर्ने बताए ।

शिविर सञ्चालन हुँदा बिरामीले चर्को मूल्य तिर्ने, समयमा उपचार नपाउने लगायतका सास्तीबाट मुक्त भएको नगरपालिकाका प्रवक्ता तेज बहादुर बस्नेतले बताए ।

शिविरमा १६ जना विशेषज्ञ चिकित्सक खटिएका थिए ।

सम्बन्धित् समाचार