गृहपृष्ठ Featured राष्ट्रिय मेलमिलाप दिवसमा कांग्रेसलाई एक ढिक्का बनाउनु पर्नेमा जोड

राष्ट्रिय मेलमिलाप दिवसमा कांग्रेसलाई एक ढिक्का बनाउनु पर्नेमा जोड

कपिलवस्तु १६ पुस
बिपिको ४८ औ राष्ट्रिय मेलमिलाप दिवसमा कांग्रेस पार्टीलाई एक ढिक्का बनाउनु पर्नेमा जोड दिइएको छ । कांग्रेस कपिलवस्तु नगरपालिका समितिद्धारा पार्टी कार्यालयमा आयोजित ‘ बर्तमान राजीनिति परिपेक्षमा बिपिको मेलमिलाप नीतिको सान्दर्भिकता ’ बिषयक बिचार गोष्ठीका बक्ताहरुले सो कुरामा जोड दिएका हुन ।

 

उनीहरुले अहिलेको परिपेक्षमा समेत बिपिको मेलमिलाप नीति उत्तिकै सान्दर्भिक रहको भन्दै बिगतका कमीकजोरीलाई बिर्सिएर पार्टीलाई एक ढिक्का बनाई मजबुत बनाउनु पर्नेमा जोड दिए । सो अवसरमा कपिलवस्तु लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले बिपिको राष्ट्रिय मेलमिलाप नीति आज पनि उत्तिकै महत्वुपुर्ण रहेको बताए ।

 

उनले बिपि सो नीति देश र कांग्रेस पार्टीकालागि उत्तिकै महत्वपुर्ण रहेको बताए । उनले कार्यकर्तालाई उच्च मनोबलकासाथ लाग्न आग्रह गरे । बिगतमा भएको कमी कमजोरीलाई थाती राख्दै फेरी एक हुन आग्रह गरे । उनले अरुको टाउको देखाएर आफनो कमीकमजोरी लुकाउने प्रथा हटाउन्ु पर्ने बताए । उनले भातृ संगठन र पार्टीलाई क्रियाशील बनाइ एक ढिक्का बनाएर लानु पर्ने बताए । सो अवसरमा पुर्व पार्टी जिल्ला सभापति राजेश आचार्यले राष्ट्रियता र पार्टी एकतामा ध्यान दिनु पर्ने बताए ।

 

‘ कांग्रेस भित्र अहिले एकता आवश्यक छ ’ उनले भने ‘ अब के गर्ने भन्ने अहिले चुनौतीपुर्ण अवस्था छ यसलाई पार्टी भित्र ब्यापक छलफल हुन जरुरी छ ’ । सो अवसरमा कांग्रेस जिल्ला सचिव शक्ति सिंह ठकुरीले अबको नेतृत्व युवाहरुलाई सुम्पिनु पर्ने बताए । उनले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने समय आएको बताए । ‘ सबै मिलेर एक भएर जानु पर्छ मेलमिलापको नीति अपनाउनु पर्छ ’ राष्ट्रियतार र राष्ट्रिय एकताकादलागि बिपि कोईराला ८ बर्षे लामो निर्वासित जीवनलाई छाडेर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।

 

यही दिनलाई राष्ट्रिय मेलमिलाप दिवसका रुपमा मनाई आएको छ । नगर अध्यक्ष खुर्सेद अहमद खाको अध्यक्षता, सचिव नगेन्द्र यावदको संचालनमा भएको कार्यक्रममा पार्टीका प्रदेश सदस्य रबि ठाकुर, पार्टी जिल्ला सचिव प्रेम बहादुर रायमाझी , पार्टी जिल्ला उप सभापति हुमाकान्त खनाल क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति केशव कुमार श्रेष्ठले पार्टीलाई मजबुत बनाउनु पर्नेमा जोड दिएका थिए ।

 

सम्बन्धित् समाचार