वैखरी अनलाईन, बाणगंगा ।
उद्योग ब्यापार संघ कपिलवस्तुलाई व्यवसायिक हकहित तथा मानवीय सेवा एवम् सामाजिक कार्यहरु गरेको भन्दै सम्मान गरिएको छ ।
संघले उत्कृष्ट कार्य गरेको भन्दै नेपाल उद्योग ब्यापार महासंघको दोस्रो साधारण सभामा सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि उर्जा मन्त्री शक्ति बहादुर बस्नेत र महासंघका अध्यक्ष खेम भन्डारीले उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल कोपिल लाई सम्मान पत्र प्रदान गरेका हुन् ।
स्थापनाको छोटो समयमै उद्योग ब्यापार संघले सस्थागत तथा सामाजिक कार्यमार्फत कपिलवस्तु जिल्लासहित लुम्बिनी प्रदेशमै आफ्नो टुट्टै पहिचान र गरिमा कायम गर्न सफल भएको अध्यक्ष पौडेलले बताए ।








