गृहपृष्ठ Featured बुद्धभूमि नगरपालिका- ५ का ४० जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

बुद्धभूमि नगरपालिका- ५ का ४० जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

वैखरी अनलाईन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ का ४० जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । आईतबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच न्यानो कपडा वितरण गरिएको हो । नगरप्रमुख केशवकुमार श्रेष्ठ, वडाध्यक्ष रोमबहादुर थापा क्षेत्रसहितका जनप्रतिनिधिले न्यानो कपडा हस्तान्तरण गरेका हुन् ।

 

सो क्रममा नगरप्रमुख श्रेष्ठले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यको पहलमा सर्वाङ्गीण विकास संस्थाले दिएको ५ सय थान न्यानो कपडा शुक्रबार नगरपालिकामा आईपुगेको जानकारी गराएका थिए । जाडो बढ्दै गएकाले उनले सबैलाई सतर्क रहन आग्रह समेत गरे । विशेषः महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुलाई जाडोबाट बच्न न्यानो कपडासहित आवश्यक सावधानी अपनाउन उनले आह्वान गरे ।

 

वडाध्यक्ष रोमबहादुर थापा क्षेत्रले आर्थिक अवस्था कमजोर भएका गरिब, विपन्न परिवारका जेष्ठ नागरिकलाई न्यानो कपडा ‘ब्लाङ्केट’ वितरण गरिएको बताए । बढ्दो जाडोबाट जोगिन वितरण गरिएको न्यानो कपडाले थप सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । जाडोमा जेष्ठ नागरिकको स्वास्थ्यमा समस्या देखिन सक्ने भन्दै उनले परिवार अन्य सदस्यहरुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरे । जेष्ठ नागरिक सबैको अभिभावक भएकाले उनीहरुको हेरचाहमा सबै गम्भिर हुन आवश्यक रहेको उनको भनाई छ ।

वडाले समेत आवश्यकताको पहिचान गरि न्यानो कपडा वितरण गर्ने उनले बताए । वडाध्यक्ष थापाले जेष्ठ नागरिकहरुको लागी चिसो बढी रहेको बेला न्यानो कपडा वितरण गर्नका आवश्यक पहल गरेकोमा मन्त्री आचार्यलाई धन्यवाद समेत दिए ।

न्यानो कपडा पाएपछि जेष्ठ नागरिकहरुले सरकार भएको अनुभूमि भएको भन्दै खुशी व्यक्त गरेका थिए ।

सम्बन्धित् समाचार