गृहपृष्ठ Featured जाडो बढेपछि वडाका २ सय १९ जेष्ठ नागरिकलाई सिरक

जाडो बढेपछि वडाका २ सय १९ जेष्ठ नागरिकलाई सिरक

कपिलवस्तु ।

जाडो बढदै गए छि कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १० ले २ सय १९ ज्येष्ठ नागरिकलाई कम्मल बाडेको छ ।

धनकौली स्थित बडा कार्यालयमा उप मेयर मिरा थारु र वडाध्यक्ष संदीप पाण्डेयले ज्येष्ठ नागरिकलाई सिरक बाडेका हुन । सो अवसरमा उप मेयर थारुले जाडोका बेला वडाले कम्मल बाडेर राम्रो काम गरेको बताईन ।

उनले जाडोमा पालिका र वडाले ज्येष्ठ नागरिकलाई बिशेष ख्याल राख्नु पर्ने बताए । सो अवसरमा वडाध्यक्ष पाण्डेयले ज्येष्ठ नागरिक आफुहरुको अभिभावक भएकाले उनीहरुको सम्मानमा आफनो वडा समर्पित रहेको बताए । जाडोमा सिरक पाए पछि ज्येष्ठ नागरिक खुशी भएका छन ।

सम्बन्धित् समाचार