गृहपृष्ठ Featured लुम्बिनीमा कुपोषणबाट ७ जनाको मृत्यु : पोषण सुधारको अवस्था नाजुक

लुम्बिनीमा कुपोषणबाट ७ जनाको मृत्यु : पोषण सुधारको अवस्था नाजुक

बुटवल ।

लुम्बिनी प्रदेशमा पोषण सुधारको अवस्था नाजुक देखिएको छ । ख्याउटेपन, पुड्कोपन र कम तौल भएका बच्चाहरूको अवस्थालाई हेर्दा लुम्बिनी प्रदेशमा पोषणको आधार नाजुक देखिएको हो । जसका कारण  एक वर्षमा ७ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार एक वर्षको अवधिमा कुपोषणबाट ग्रस्त भएका १ हजार ९९२ जनाको उपचार भएको छ । यो तथ्यांक ५ वर्ष भन्दा कम उमेर समूहका बच्चाहरूको रहेको जनाइएको छ । जसमा उपचारकै क्रममा ७ जनाको मृत्यु भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका परिवार कल्याण शाखा प्रमुख तथा पोषण फोकल पर्सन कौशल भण्डारीले कुपोषणका कारण एक वर्षमा ७ जनाको मृत्यु भएको पुष्टि गर्दै अस्पतालबाहिर समेत त्यस्ता बालबालिकाको मृत्यु भएको हुनसक्ने भएपनि तथ्यांक उपलब्ध नरहेको बताए ।

प्रदेशका १२ वटै जिल्लामा कुपोषणका बिरामी भए पनि मृत्यु भने ५ जिल्लाका बालबालिकाको भएको उनको भनाइ छ । यसरी मृत्यु हुनेमा बाँके जिल्लाका २ जना रहेका छन् ।

यस्तै बर्दिया, पश्चिम नवलपरासी, प्युठान, कपिलवस्तु र रोल्पा जिल्लाका एक/एक जना बालबालिका रहेका छन् ।

सम्बन्धित् समाचार